आदिवासी जनजाति साहित्यकार महासंघ घोषणा 

काठमाडौँ — आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको तदर्थ समिति घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमबाट साहित्यकार राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय आदिवासी जनजाति साहित्यकार महासंघ घोषणा गरिएको हो ।

आदिवासी जनजाति साहित्यकार महासंघ घोषणा 

मुकारुङ संयोजक, दुई सहसंयोजकमा सरस्वती प्रतीक्षा र टंक सेलिङ, सचिव बुद्ध योञ्‍जन लामा र आर्थिक संयोजकमा उर्मिला गम्बा थारु छन् ।

महासंघमा २९ सदस्य चयन गरिएका छन् भने ८ वटा राज्य समिति र १४ देशमा अन्तर्राष्ट्रिय समितिसमेत घोषणा भएको छ ।

सम्बन्धित जाति, समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्य लिखित गर्न/गराउन, स्रष्टाहरूलाई उत्प्रेरित गर्ने, मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई मिहिन ढङ्गले बुझ्न, बहस र लिखित गर्ने लगायत उद्देश्यले महासंघ घोषणा भएको संयोजक मुकारुङले बताए ।

प्रकाशित : माघ १, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?