१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रज्ञामा पुस्तक मेला

काठमाडौँ — प्रज्ञा प्रतिष्ठानले विविध पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीका लागि मेला आयोजना गरेको छ । २९९ औं पृथ्वी जयन्तीका अवसर पारेर कमलादीस्थित प्रज्ञाको भानुभक्त कक्षमा पुस्तक मेला भइरहेको हो । साताव्यापी मेलामा विभिन्न स्थानहरूबाट पुस्तकप्रेमीहरू सहभागी भइरहेका छन् ।

प्रज्ञामा पुस्तक मेला

पुस्तकहरू हरेक नेपालीहरूको हातमा पुर्‍याउन प्रदर्शनी गरिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । हाल साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पुस्तकहरू पुर्‍याउने प्रज्ञाको योजना छ । पठन संस्कृतिको विकास, बिक्री, प्रवद्र्धन, लेखक, पाठक र प्रकाशकबीच त्रिकोणात्मक भेट हुने थलोका रूपमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा वि.सं. २०१५ सालदेखि हालसम्म प्रज्ञाले प्रकाशन गरेका पुस्तकहरू राखिएका छन् । विभिन्न विषयका ४ सय ८५ वटा पुस्तक र पत्रपत्रिकाहरू हेर्न र खरिद गर्न पाइने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए । उनका अनुसार नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली–अंग्रेजी शब्दकोशमा छुटको व्यवस्था पनि गरिएको छ । प्रतिष्ठानका प्रकाशनमा ४० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

प्रकाशित : पुस २८, २०७७ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?