भारतीको ‘विगत र बाडुली’ 

काठमाडौँ — अमेरिकावासी नेपाली लेखक भारती गौतमको संस्मरणात्मक कृति ‘विगत र बाडुली’ प्रकाशनमा आएको छ । 

भारतीको ‘विगत र बाडुली’ 

कविता एवं संस्मरण लेखनमा सक्रिय रहँदै आएकी गौतमले विदेशमा बसेर सबैभन्दा बढी स्वदेशलाई सम्झँदै ‘विगत र बाडुली’मा २६ वटा संस्मरणात्मक आलेख समेटेकी छिन् । बेलायतको समकालीन साहित्य प्रतिष्ठानबाट आएको यो संस्मरणअघि गौतमका ‘आकाशमाथिको सहर’ (कवितासंग्रह), ‘स्मृतिमा भिमू’ (संस्मरण) र ‘अमेरिकामा आमा’(संस्मरणात्मक उपन्यास) प्रकाशित भइसकेका छन् ।

स्वदेश र प्रवासका भोगिएको अलग–अलग निजात्मक कुराहरुको संग्रह ‘विगत र बाडुली’ डायस्पोरिक चेतनाले भरिएको कृतिको रुपमा आएको समीक्षकले मूल्यांकन गरेका छन् ।


प्रकाशित : पुस २८, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?