'आयो गोर्खाली : अ हिस्ट्री अफ दि गोर्खाज्' र 'आपा क्हार्प' 'तमु वर्ष पुस्तक'

काठमाडौँ — टिम आई. गुरूङको 'आयो गोर्खाली : अ हिस्ट्री अफ दि गोर्खाज्'(गैरआख्यान) र तीर्थ गुरूङको 'आपा क्हार्प' (कथा-सङ्ग्रह) 'तमु वर्ष पुस्तक–२०७६' बन्न सफल भएका छन् ।

'आयो गोर्खाली : अ हिस्ट्री अफ दि गोर्खाज्' र 'आपा क्हार्प' 'तमु वर्ष पुस्तक'

तमू ह्युल प्राज्ञिक उप–समितिको बैठकले च्यु ल्हो (मुसा वर्ग)मा प्रकाशित तमु सष्ट्राका पुस्तकहरुमध्ये यी दुई पुस्तकलाई संयुक्त रूपमा 'तमु वर्ष पुस्तक–२०७६' पुरस्कारको घोषणा गरेको हो ।

गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले यसै वर्षदेखि प्रारम्भ गरिएको हाे । पुरस्कार हरेक वर्ष तमू ल्हाेसारमा प्रदान गरिने बताइएको छ ।

प्रकाशित : पुस १८, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?