कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘हाम्रा कवि र साहित्यकार’ मा चित्र र कविताको नौलो प्रयोग

काठमाडौँ — वी रिडबाट चित्रकार सुरेशकुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरु समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता संग्रह प्रकाशित भएको छ । संग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरु छन् ।

‘हाम्रा कवि र साहित्यकार’ मा चित्र र कविताको नौलो प्रयोग

साहित्यकारहरुका सिर्जनामा पाइने भाव र उनीहरुका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमारलाई लाग्छ । त्यसै अनुरुप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए । ती मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्रमाथि कविता नै लेखे । तिनै चित्र र कविताहरु यस पुस्तकमा हेर्न र पढ्न पाइन्छ । पुस्तकमा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौला लगायतका ५५ कवि तथा साहित्यकार समावेश छन् ।

पुस्तकमा चित्र र शब्दको प्रयोग गरेर कलाको रोचक प्रयोग गरिएको छ । यस किताबको मूल्य २७५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : पुस १६, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?