कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यस वर्षको बिजुलीमाया राष्ट्रिय संगीत पुरस्कार ग्याल्मोलाई

सुवास विडारी

मकवानपुर — यस वर्षको बिजुलीमाया वन: श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाले ६६ वर्षीया ग्याल्मोलाई एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस वर्षको बिजुलीमाया राष्ट्रिय संगीत पुरस्कार ग्याल्मोलाई

प्रतिष्ठानले आगामी माघ १७ गते उक्त पुरस्कार हस्तान्तरण गर्ने पत्रकार सम्मेलनमा बताइयो । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यका अनुसार संगीत क्षेत्रमा योगदान गरिरहेकाहरूलाई वरिष्ठताको आधारमा यो पुरस्कार दिइँदै आएको छ । व्यवसायी कह्नैयाकृष्ण श्रेष्ठले आफ्नी आमा बिजुलीमायाका नाममा २०६४ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । स्थापनाको वर्ष गीतकार अम्बर गुरुङलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

गायिका ग्याल्मोले ५ वटाभन्दा बढी गीति एल्बम निकालेकी छन् । त्यस्तै २० हजार रुपैयाँ राशिको भीम विराग संगीत युवा पुरस्कार हार्मोनी महिला समूह पोखरालाई प्रदान गरिने पनि अध्यक्ष आचार्यले बताए ।


प्रकाशित : पुस १६, २०७७ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?