रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्‍नदोष’ बजारमा 

काठमाडौँ — रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् ।

रेशम विरहीको निबन्धसंग्रह ‘सत्ता र स्वप्‍नदोष’ बजारमा 

उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही सत्तरीको भन्ज्याङ छुन लाग्दा हिँडिरहे, हिँडिरहे – अविश्रान्त हिँडिरहे । जीवनयात्रामा उनी रित्तै कहिल्यै हिँडेनन् । पिठ्यूँमा कहिले पत्रकारिता कहिले कविता, कहिले उपन्यास र कहिले निबन्धका ढाकर बोकिरहे ।

समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र विम्बका घुएँत्रोले चोटिलो निशाना दिनु उनको विलक्षण गुण हो । भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्धसंग्रहमा २५ वटा निबन्धहरु रहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको उक्त निबन्धसंग्रहको मूल्य ३२५ रुपैयाँ रहेको छ ।

प्रकाशित : मंसिर ६, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?