कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नगरकोटीको 'कल्प-ग्रन्थ' प्रिमियम संस्करणमा आउने

काठमाडौँ — पुस्तक प्रकाशक बुकहिलले लेखक कुमार नगरकोटीको नयाँ कथासंग्रह 'कल्प-ग्रन्थ' प्रिमियम संस्करणमा  प्रकाशन गर्ने जनाएको छ । बुकहिलले जारी गरेको प्रेस विज्ञप्तिमा ७ सय ७७ पृष्ठको कथा-संग्रहमा ६३ वटा विभिन्न बान्की र शैलीका कथा रहने उल्लेख गरिएको छ । पुस्तक चैत १४ गते लोकार्पण गरिने छ ।

नगरकोटीको 'कल्प-ग्रन्थ' प्रिमियम संस्करणमा आउने

हार्डकभरमा बक्ससहित उपलब्ध हुने यो पुस्तक लेखकको हस्ताक्षरसहितको हुने पनि बुकहिलले जनाएको छ । पुस्तकको मूल्य दुई हजार एक्काइस रुपैयाँ रहने, यो प्रि-अर्डरबाट मात्र किन्ने सकिने, कुनै पनि पुस्तक पसलमा उपलब्ध नहुने र पुस्तकको पुन: मुद्रण/प्रकाशन नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 'यो पुस्तक जति ग्राहकले प्रि-अर्डर गर्छन्, त्यति प्रतिमात्र छापिनेछ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन । कुनै बिक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ,' विज्ञप्तिमा भनिएको छ ।

'पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो,' बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले विज्ञप्तिमा भनेका छन्, 'पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौं ।'

प्रकाशित : मंसिर १, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?