१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यलम्बरको नयाँ तस्बिर सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् । 

यलम्बरको नयाँ तस्बिर सार्वजनिक

किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रवेश गरेको उल्लेख छ । इतिहासकारकाअनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष शासन गरेका थिए ।

तिनै किरात शासनका आरम्भकर्ता यलम्बरलाई गौरवमय व्यक्तित्वका रूपमा लिने गरेको यायोक्खाका अध्यक्ष दिवस राईले बताए । ‘अबदेखि किरात यलम्बरको युवाकालीन रेखाचित्र विश्वभरि प्रयोग गरिनेछ,’ अध्यक्ष राई भने ।

किरात जाति तथा समुदायमा दुईथरी यलम्बर सम्वत्‌को समेत प्रचलनमा छ । यसलाई येले संवत्, येले तङ्बे, येले थोचे भन्ने गरेका छन् । पहिलेदेखि चलनमा रहेअनुसार सन् २०२० लाई येले संवत् ५०८० र पछिल्लो दशकमा इतिहासविद्ले पहिल्याएअनुसार ३७९९ समेत उल्लेख गरेको पाइन्छ ।

प्रकाशित : आश्विन २७, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?