२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

२० युवाको कथा ‘छकालै’ 

काठमाडौँ — समकालीन २० युवा स्रष्टाको कथा समेटिएको कथासंग्रह ‘छकालै’ बजारमा आएको छ ।  पुस्तकमा पछिल्लो दशक साहित्यमा सक्रिय रहेका युवा कथाकारका २० थान कथा समावेश छन् । 

२० युवाको कथा ‘छकालै’ 

संग्रहका सम्पादक नवीनका अनुसार आख्यान प्रयास गरिहरहेका नवपुस्ताको प्रतिनिधि आख्यान–अनुहार हो ‘छकालै’ । उनी भन्छन्, ‘कथासंग्रह पहिलो पाइला भएकाले आफ्ना कमीकमजोरी होलान् तर हामीले आफ्नो समयको चेतना र भाषाशील्प प्रयोग गरेर कथा लेख्ने दुस्साहस गरेका छौं ।’

कथाकार संगीत मगरका अनुसार संग्रहले युवा मनोविज्ञानको कथासँगै युवाजीवनले भोग्नुपरेका साझा समस्या बोलेको छ । उनी भन्छिन्, ‘नयाँ पुस्ता के कारणले नयाँ छ भन्ने आयाम ‘छकालै’ले उठाएको छ ।’

‘कथा लेख्नु साहित्य कर्ममात्र होइन, युगको आवाज बोल्ने माध्यम हो’ अर्का कथाकार निर्भीकजंग रायमाझीले भने, ‘यसैले व्यक्तिगत सृजनाको संग्रह भएपनि नयाँ समयको साझा चेतना हाम्रा कथा पाइन्छ ।’

संगीत र नवीनसँगै संग्रहमा अनिल वान्तवा, अन्जना इछमफूल, अन्शु खनाल, अन्वेश थुलुङ, बाबु साहेब, विकास, दीपा मेवाहाङ राई, देव व्रत, खेम बतास, कृष्णप्रसाद अर्याल, कुन्साङ, मनोज विश्वकर्मा, नदीश, निमेषराज सापकोटा, निर्भीकजंग रायमाझी, प्रज्‍ज्‍वल अधिकारी, समर्पण श्री र सागर चन्दका कथा छन् ।

इन्डिगो इन्कले प्रकाशन गरेको संग्रहको मूल्य ३ सय ९९ रहेको छ । संग्रह ‘किताब यात्रा’ तथा ‘थुप्रै डटकम’ अनलाइनबाट समेत खरिद गर्न सकिने प्रकाशक विष्णुकुमारले जनाएका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?