कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दार्जिलिङका साहित्यकार थामीकाे निधन

मनोज बोगटी

दार्जिलिङ — दार्जिलिङका लेखक कर्ण थामीको साेमबार निधन भएको छ । दार्जिलिङका पुरानो र चर्चित संस्था नेपाली साहित्य सम्मेलनसित आबद्ध रहेर धेरै वर्ष साहित्यमा सेवा गरेका थामी नेपाली भाषाको लागि साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गर्ने पहिलो लेखक हुन् ।

दार्जिलिङका साहित्यकार थामीकाे निधन

थामीले अङ्ग्रेजी र बङ्गला भाषामा पोख्त थामीले बंगला भाषाका चर्चित कृतिहरू नेपाली भाषामा अनुवाद गरेका छन् । उनले बंगला कवि सुकान्तका कविताहरू अनुवाद गरेबापत सन् १९९४ मा साहित्य अकादमी पुरस्कार प्रदान गरिएको थियो । उनले बंगला भाषाका श्रेष्ठ कथा (१९८२), सञ्जय विश्वासका कविताहरू (१९९३), बापुका जीवन कथाहरू (१९९५) बङ्गला र हिन्दी भाषाबाट नेपालीमा अनुवाद गरेका छन् । हिन्दीमा नेपाली कहानियाँ, बङ्गलामा खहरे अनि नेपाली कविताहरू नामक कृति पनि अनुवाद गरेका हुन् । उनको कथा संग्रह ‘अनि यसरी बादल फाटिन्छ’, ‘मुक्त माटोको खोजीमा’, ‘प्रतिध्वनि’ (नाटक) ‘धूप जलिरहेछ’ (कविता सङग्रह) ‘भारतीय कथा शिखर कोश’ लगायतका कृतिहरू प्रकाशित छन्।

७८ वर्षीय थामी केही दिनदेखि अस्वस्थ्य थिए । उनको शवलाई मंगलबार बिहान गोर्खा दु:ख निवारक सम्मेलन भवनमा अन्तिम दर्शनका लागि राखिएको थियो, जहाँ उनलाई दार्जिलिङका लेखक, साहित्यकारहरूले श्रद्धाञ्जली चढाएका थिए। तीन महल्ला, बडा कागझोडा दार्जिलिङमा १ मार्च सन् १९४२ को दिन जन्मिएका थामीले बी, ए, कोविद शिक्षा हासिल गरेका थिए।

प्रकाशित : भाद्र ३०, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?