दार्जिलिङबाट उत्तर लीलालेखन

दार्जिलिङ — केही वर्षअघि इन्द्रबहादुर राईले कथासंग्रह ‘कठपुतलीको मन’ मा लीला देख्ने एउटा युक्ति समाइएको बताएका थिए  । भनेका थिए, ‘अरू पनि बाटो खोज्नेहरूले झिक्ने नै हुन्  ।

दार्जिलिङका दुई युवा लेखक निमा निची शेर्पा र सतिश क्षत्रीले आफूहरूले लीलाको अरू बाटो खोजेको घोषणा गर्दै ‘उत्तर लीलालेखन’ अवधारणा सार्वजनिक गरेका छन् ।

‘तेस्रो आयामबाट इन्द्रबहादुर राई लीलालेखनमा गए, त्यही लीलालेखनले समेट्न बाँकी राखेका युक्तिहरू टिपेर हामीले उत्तर लीलालेखन अवधारणा अघि सारेका हौं,’ शेर्पाले भने ।

उत्तर लीलालेखनको अवधारणा पत्रिका जसरी डिजिटल स्वरूपमा सार्वजनिक गरिएको छ ।
खरसाङका कवि जसयोञ्जन प्यासीले सोसल मिडियामा पत्रिकाको लोकार्पण गरे । शेर्पा र क्षत्रीको प्रस्तावनालाई प्यासीले ‘नितान्त भारतीय नेपाली साहित्य अवधारणामा सिद्धान्तीकरण गरिएको’ बताएका छन् ।

‘नेपालबाट यसलाई पुस्तकका रूपमा प्रकाशित गर्ने प्रस्ताव पनि आएको छ,’ शेर्पाले भने, ‘अहिले डिजिटल रूपमा नै सार्वजनिक गरियो । कोरोना महामारी साम्य बनेपछि पुस्तकाकार रूप पनि लिनेछ ।’ शेर्पा र क्षत्रीको उत्तर लीलालेखनको प्रस्तावनामा १४ वटा युक्ति उल्लेख छन् ।

प्रकाशित : भाद्र २२, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?