१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अभिनेता नीर शाह, गायक कुमार बस्नेतसहित ६ स्रष्टा सम्मानित

काठमाडौँ — अभिनेता नीर शाह, तवलावादक रामहरि गुरुङ, संगीत संयोजक हस्तबहादुर थापा 'पल्ली मगर', नाट्यकर्मी प्रचण्ड मल्ल, लोकगायक कुमार बस्नेत र नृत्यागंना नारायणीदेवी प्रधानलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको छ ।

अभिनेता नीर शाह, गायक कुमार बस्नेतसहित ६ स्रष्टा सम्मानित

प्रतिष्ठानले नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना स्रष्टाहरुलाई प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार आयोजित एक समारोहबीच मन्त्री योगेश भट्टराईले उनीहरुलाई नगदसहित ताम्रपत्रद्वारा सम्मान गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले देशको प्रगति सडक, पुललगायतका संरचनाहरुले मात्र निर्धारण हुने नभई आमजनमानसको संस्कृति र जीवनशैलीले पनि निर्धारण गर्ने बताए । नेपाली संगीत तथा नाट्य क्षेत्रमा उल्लेखनीय योगदानको कदर स्वरुप श्रष्टाहरुलाई सम्मान गरिएको उनले बताए ।

नेपाली संगीत तथा नाट्य क्षेत्रको संरक्षण र उन्नयनमा प्रज्ञा प्रतिष्ठानले गर्ने हरेक क्रियाकलापहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदैव सहयोगी भूमिका खेल्ने मन्त्री भट्टराईले बताए ।

प्रकाशित : असार ३०, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?