कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

‘अनेसास विशिष्ट महिला पुरस्कार’ साहित्यकार पाठकलाई 

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्षसाहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ ।

‘अनेसास विशिष्ट महिला पुरस्कार’ साहित्यकार पाठकलाई 

संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साहित्यकार पाठकलाई सो पुरस्कार दिने निर्णय गरेको थियो ।

साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’, ‘दश महामुर्ख’, ‘राम कथा’, ‘चतुरे बन्यो नेता’, ‘चमत्कारी औंठी’, ‘धुर्त श्याल र घमण्डी बाघ’ लगायतका कृतिहरु प्रकाशित छन् । पाठकले ‘नारीश्वर’ साहित्यक त्रैमासिक साहित्यिक पत्रिकाको पनि सम्पादन गर्दै आएकी छन् ।

नेपाली महिला साहित्यकारहरुको संस्था ‘गुञ्जन’ की अध्यक्षसमेत रहेकी पाठक अनेसास नेपाल च्याप्टरको सल्लाहकार छिन् । एक हजार अमेरिकी डलर पुरस्कार राशि रहेको यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?