कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कान्तिपुरकर्मी सुवेदीलाई गोपाल गोतामे स्मृति सम्मान

काठमाडौँ — सिर्जनशील पत्रकारितामा अब्बल काम गरेबापत कान्तिपुर दैनिककी संवाददाता बिनु सुवेदीलाई गोपाल गोतामे स्मृति सम्मानबाट पुरस्कृत गरिने भएको छ । 

कान्तिपुरकर्मी सुवेदीलाई गोपाल गोतामे स्मृति सम्मान

साहित्यकार ध्रुवचन्द्र गौतमले स्थापना गरेको दीप–गोविन्द स्मृति कोषअन्तर्गत वीरगन्ज भावभूमिका वरिष्ठ पत्रकार गोपाल गोतामेको नाममा स्थापित स्मृति सम्मान पत्रकार सुवेदीलाई प्रदान गर्न लागिएको हो । राजनीतिक र सामाजिक विषयवस्तु रोजेर सक्रियतापूर्वक कलम चलाउँदै आएकी सुवेदीको सिर्जनशील लेखनशैलीको कदर गरिएको पुरस्कार छनोट समितिले जनाएको छ । सिर्जनशील पत्रकारिता पुरस्कारमा १० हजार रुपैयाँ तथा ताम्रपत्र रहेको छ ।

यसैगरी, विशिष्ट आख्यानकारिताका निम्ति ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मालाई दीप–गोविन्द स्मृति सम्मान प्रदान गरिने भएको छ । यसको सम्मानमा १५ हजार रुपैयाँ तथा ताम्रपत्र रहेको छ । वरिष्ठ आख्यानकार धनुषचन्द्र गौतमको नाममा स्थापित स्मृति सम्मान भने डा.अञ्जना वस्ती भट्टराईको ‘स्मृतिलोकको यात्रा’ संस्मरणात्मक कृतिका लागि प्रदान गरिने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सम्मानमा १० हजार रुपैयाँ तथा ताम्रपत्र रहेको छ । हरेक वर्ष वैशाख २५ का दिन मनाइने आख्यान दिवसका अवसरमा यो सम्मान तथा पुरस्कार घोषणा गरिएको संस्थापक डा.ध्रुवचन्द्र गौतमले जानकारी दिए । पुरस्कार आगामी साउन ७ गते प्रदान गरिने भएको छ ।

प्रकाशित : वैशाख २५, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?