कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पारिजातको भर्चुअल सम्झना 

काठमाडौँ — हरेक बर्ष स्रष्टाहरु पारिजातको स्मृति दिवस मनाउन म्हेपीस्थित पारिजातको निवास पुग्थे । सालिकमा मार्ल्यापण गर्थे र साहित्यिक माहौल बनाउँथे । यसपटक स्थिति भिन्न रह्यो ।

पारिजातको भर्चुअल सम्झना 

लकडाउनका कारण स्रष्टाहरुले घरघरबाटै पारिजात सम्झे । सामाजिक सञ्जालमा लाइभ रचना वाचन गरे ।

भौतिकरुपमा भेटघाट गर्न नसक्ने अवस्था बनेपछि भर्चुअलरुपमै भेटघाट गरेर रचना वाचन तथा साहित्यिक विमर्शसहित पारिजातको २७ औं स्मृति दिवस मनाइएको पारिजात स्मृति केन्द्रका सदस्यसचिव स्नेह सायमीले बताए ।

भर्चुअल संझनाको श्रृंखला यो महिनाभरि नै चल्ने बताउँदै पहिलोचरणको सुरुवात भने सायमीले शुक्रबार रविभवनस्थित आफ्नै घरबाट थालनी गरेका थिए । उनले फेसबुक लाइभमा पारिजातसितको पुरानो सम्झना सुनाए । ३० देखि ४० को दशकको रचना वाचन श्रृंखला ‘पारिजात प्रतिभा प्रवाह’ र ‘साहित्य संध्या’मा प्रमुख अतिथिको रुपमा आएर पारिजातले सँधै स्रष्टाहरुलाई उर्जा प्रदान गरेको सम्झिँदै उनले विचार र शिल्पका हिसाबले पारिजातको साहित्य सँधै अब्बल रहने दावी गरे ।

यसपछि प्राज्ञ तथा कवि लक्ष्मी मालीले पारिजातको ‘मानुषि’ कविता वाचन गरिन् । पारिजात स्मृति केन्द्रकी पुर्व अध्यक्षसमेत रहेकी मालीले पारिजातको साहित्य नवीन चेतना र समाज परिवर्तनसित गहिरो रुपमा जोडिएको बताइन् ।

जो जहाँ छ, त्यहीँबाट पारिजातलाई सम्झिने कार्यक्रम अर्न्तगत कवि भूपिन, बासुदेव अधिकारी, निमेश निखिल, अनिता लामा, बिन्दु शर्मा, बिना थिङ तामाङ, नन्दु उप्रेती, मातृका पोखरेल, शरद पौडेल, राजेन्द्र अधिकारी, जयन्ति सत्याल स्पन्दन, सिर्जना शर्मा, बाबा बस्नेत, रमेश श्रेष्ठ लगायतले पारिजातको संझनामा फेसबुकबाटै लाइभ कविता सुनाए ।

त्यस्तै अमेरिकाबाट सहदेव पौडेलले पारिजातको ‘अनिँदो पहाडसँगै’ पुस्तकको अंश पढे भने इन्द्रेणी सांस्कृतिक समाज कीर्तिपुरकातर्फबाट वीरप्रसाद र साथीहरु तथा सार्थक जनसंगीत प्रतिष्ठानको तर्फबाट उदय श्रेष्ठले गीतमार्फत् पारिजातलाई सम्झे । उनीहरुले फेसबुकमा लाइभ गीत गाएका थिए ।

प्रकाशित : वैशाख ६, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?