तुलसी दिवसलाई देवकुमारी पुरस्कार 

काठमाडौँ — बबरसिंह सेवा गुठी विराटनगरले २०७६ को देवकुमारी थापा स्मृति पुरस्कार संस्कृतिविद् तुलसी दिवसलाई दिने भएको छ । पुरस्कारमा सम्मानपत्र र नगद ५१ हजार रुपैयाँ छ । यस्तै २५ हजार राशिसहितको बबरसिंह थापा स्मृति सम्मान कलाकार विक्रमश्रीलाई दिइने भएको छ । 

संस्थाको पुरस्कार छनोट समितिको शनिबार भएको बैठकले यसपटक देवकुमारी थापालाई विषय बनाएर विद्यावारिधि गर्ने दार्जिलिङका दीपेन घिसिङलाई विशेष सम्मान गर्ने निर्णय गरेको छ ।


संस्थाका अध्यक्ष कविराज न्यौपानेका अनुसार बर्सेनि वैशाखको पहिलो साता समारोह आयोजना गर्दै पुरस्कार र सम्मान वितरण गर्दै आए पनि यसपटकको कार्यक्रम केही ढिला हुन सक्ने स्थिति छ । ‘यसपटक कोरोना संक्रमणविरुद्धको सचेतनाका कारण कार्यक्रम र भेला आयोजना केही ढिला गर्नुपर्ने भयो । हामी छिट्टै मिति टुंगो गर्छौं ।’

प्रकाशित : चैत्र २, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?