३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्णाली कहरका कुडा

कलेन्द्र सेजुवाल

(सुर्खेत) — झापाकी २६ वर्षीया नर्स अस्मिता थापाले केही समयअघि २३ दिनसम्म एक्लै कर्णाली घुमिन् । मंगलबार ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ छलफलमा सार सुनाउँदै भनिन्, ‘कर्णाली त मनबाटै महसुस गर्ने ठाउँ रहेछ, यसले मेरो जन्मभूमिभन्दा बढी छोयो ।’

कर्णाली कहरका कुडा

लेखक तथा पत्रकार मोहन मैनालीले पनि उसैगरी कर्णालीको महिमा सुनाए । ‘ढुंगाको तावामा बनाएको रोटी र आलुको तरकारी खानुको मज्जा बग्लै,’ उनले भने, ‘यो चिज कर्णालीबाहेक अन्त कहाँ पाउनु ?’ पर्यटकका लागि कर्णाली साहसिक पर्यटकीय स्थल रहेको उनले बताए । यहाँका धार्मिक स्थललाई निवृत्त जीवनमा घुम्नेभन्दा पनि उमेर छँदै घुम्न प्रोत्साहित गरिनुपर्ने उनको भनाइ थियो । थापा र मैनालीसँगै मञ्च सेयर गरेका पर्यटन व्यवसायी अमर शाहीले पनि कर्णाली घुम्नुपर्नाको कारण चर्चा गरे ।


‘कुडा कर्णाली’ का मूल नारासहित सोमबारदेखि सुरु तीनदिने उत्सवमा यहाँका कला, साहित्य, भाषा, संस्कृति र राजनीतिमाथि बहस जारी छ । ‘प्रश्न किन गर्ने’ सेसनमा राजनीतिशास्त्री हरि शर्माले सोध्ने (कर्णाली) र उत्तर दिने (काठमाडौं) बीच राम्रो सम्बन्ध हुन नसक्दा कर्णाली पछि परेको तर्क गरे । पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सत्ता र शक्तिमा बस्नेले प्रश्नलाई प्रश्नको रूपमा नभई गालीको रूपमा ग्रहण गर्ने प्रवृत्तिले प्रश्न गर्भमै तुहिने गरेका बताए । लेखक सरिता तिवारीले पनि जो जिम्मेवार छन् उनीहरू नै प्रश्नबाट भाग्ने गरेका बताइन् ।


मुगुमा जन्मेहुर्केका रंगकर्मी मीन भामले आफू जहाँ गए पनि कर्णालीकै फिल्म बनाउने गरेको बताए । यद्यपि उनको गुनासो थियो, ‘कर्णालीमा भन्दा बाहिर दर्शक धेरै छन्, त्यसैले कर्णालीका कथा बाहिर लगेर देखाउनुपर्ने बाध्यता छ ।’

प्रकाशित : फाल्गुन २१, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?