२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

धनगढीमा विश्‍व नेपाली साहित्य महोत्सव सुरु

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बुधबारदेखि ७ दिने विश्‍व नेपाली साहित्य महोत्सव सुरु भएको छ । राष्ट्रिपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरिन् । 

धनगढीमा विश्‍व नेपाली साहित्य महोत्सव सुरु

बृहत सांस्कृतिक झाँकीसहित महोत्ववको उद्घाटन गरिएको थियो । झाँकीमा सुदूरपश्चिमेलीको पहाडी जिल्लामा गाइने र नाचिने हुडके , भुवा , पञ्चेवाजा , थारुको सखिया, मुंग्रहवा प्रदर्शन गरिएको थियो ।


महोत्सवमा भाग लिन विश्वभरबाट नेपाली भाषी साहित्यकारहरु धनगढी आउने क्रम सुरु भएको आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।


उनका अनुसार भारतको दार्जिलिङ, सिलगुडी , आसाम ,मेघालय , सिक्किम लगायतका ठाउँबाट साहित्यकार आइसकेका छन ।


फागुन २० गते सम्म चल्ने महोत्सवमा साहित्य, राजनीति, समसामयिक लगायतका विभिन्न विषयहरुमा सत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?