कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जोशीलाई १ लाख राशिको ‘मातृभाषा पुरस्कार’ 

कान्तिपुर संवाददाता

ललितपुर — वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई १ लाख रुपैयाँ राशिको ‘राष्ट्रिय मातृभाषा पुरस्कार’ प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस सन्दर्भलाई लिएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो । 

जोशीलाई १ लाख राशिको ‘मातृभाषा पुरस्कार’ 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र प्रतिष्ठानका सदस्य सचिव गोविन्दलाल माझीले आइतबार उक्त पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा विभिन्न आठ भाषाका रचना वाचन गरिएकाे थियाे ।


त्यसैगरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस सन्दर्भ मधेसी आयोग र मातृभाषा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा २३ भाषाको कविता वाचन गरिएको थियो । जसमा भोजपुरी, दनुवार, ढुट मगर, खाम मगर, तामाङ, अवधी, डोटेली, उराँव, नेपालभाषा, धिमाल, मैथिली भाषा छन् । त्यस्तै, नाछिरिङ, ताजपुरिया, उर्दु, बान्तावा, वाम्बुले, थुलुङ, थामी, केवरत, कुमाल, लिम्बू, डगौरा थारु र रानाथारु भाषाका रचना वाचन गरिएको थियो ।


त्यसअघि अनुसन्धाता हँसावती कुर्मीले ‘नेपालका मातृभाषाहरुको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले संवैधानिक आयोगहरूबीच समन्वय गरी मुलुकका भाषाहरू र संस्कृति पहिचान तथा संवर्द्धन पहल अघि बढाएको बताए । त्यसैगरी भाषाविद् गोपाल ठाकुर, मातृभाषा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुलोचना मानन्धर धिताललगायतले मातृभाषा साहित्यको विकासबारे विचार व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?