कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वानस्पतिक विविधता सम्बन्धीको पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको वानस्पतिक विविधतालाई समावेश गरिएको वैज्ञानिक पुस्तक सार्वजनिक गरिएको छ । २८० पृष्ठको उक्त पुस्तक नेपाल वनस्पति समाजले तयार गरेको हो । पुस्तकमा नेपालमा पाइने वनस्पतिहरुको विविधता सम्बन्धी उल्लेख गरिएकाे छ । 


पुस्तकमा नेपालमा पाइने वनस्पतिको समूहको अवस्था, वर्गीकरणको पद्धति, नेवार संस्कृति र वनस्पति, वनस्पतिको संरक्षणमा कानुनी प्रावधानहरु, आनुवंशिकताको अध्ययनमा विधिताको प्रभाव, पुष्प व्यवसायको वैज्ञानिक पद्धति र भविष्य, जैविक प्रविधिको वनस्पति संरक्षणमा प्रयोग, कृषिजन्य र जंगली वनस्पतिमा जलवायुको प्रभावका लागायतका विषयहरु पुस्तकमा समावेश छन्।


पुस्तकमा लेउदेखि फूलफूल्ने बिरुवाहरुको वर्तमान अवस्था, बासस्थान जस्ता महत्वपूर्ण जानकारी समेटिएको छ। लेउ समूह, झ्याउ समूह, च्याऊ समूह, उन्यू समूहदेखि नेपालमा फूल फूल्ने वनस्पतिहरुको विस्तृत तथ्यांकहरु समावेश छन्।


प्राध्यापक/इमिरेट्स प्रमोदकुमार झा, प्रा मोहन शिवाकोटी, प्रा संगिता राजभण्डारी र सञ्जिव कुमार राईले सम्पादन गरेको यो पुस्तक नेपालका वनस्पतिविद् एवं वनस्पतिमा रुचि राख्नेहरुका लागि बहुउपयोगी हुने वनस्पतिका समाज नेपालका सदस्य समेत रहको त्रिवि केन्द्रीय वनस्पति विभागका उपप्राध्यापक नारायणप्रसाद घिमिरेले बताए।


पुस्तकमा नेपालका सम्पूर्ण वनस्पतिहरुको समूहको बारेमा महत्वपूर्ण तथ्यांक पनि समावेश छ। पुस्तक नेपालका वनस्पतिविद्हरुको संयुक्त प्रयासमा तयार पारिएको हो। प्रकाशित : फाल्गुन ३, २०७६ २०:३७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राजश्व अनुसन्धानद्वारा बाबा फ्लोर मिलमा छापा

करोडाैं राजश्व ठगी गरेको आशंका, ७० प्रतिशतभन्दा बढी सामान बिलबिनै बेचेको आरोप
उत्पादन परिमाण र बिक्रीमा मेल खाएन
कान्तिपुर संवाददाता

विराटनगर — काठमाडौंबाट आएको राजश्व अनुसन्धान विभागको टोलीले उद्योगी सुरेश राठीको सुनसरी खनारस्थित बाबा फलोर मिल र विराटनगरमा रहेको कार्यालयमा छापा मारेर कागज पत्र नियन्त्रणमा लिएको छ ।

उद्योगको उत्पादन र बिक्रीको परिमाणमा मेल नखाएको र उत्पादितमध्ये ७० प्रतिशतभन्दा बढी समान भिटिएस बिलबिना बिक्री गरेको आशंकामा अनुसन्धान विभागले छापा मारेको स्रोतको दाबी छ । उद्योगले उत्पादित वस्तुमध्ये करिब ३० प्रतिशत मात्र भिसिटिएसमार्फत बिक्री गरेको र ७० प्रतिशत सामान नक्कली बिलमार्फत बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको हो ।
स्रोतका अनुसार उद्योगले आफनो उत्पादन नारायणघाटसम्म पुर्‍याउँदा बाटोमा नक्कली बिलमा सामान बिक्री गरेको राजश्व विभागको आशंका छ । ‘उद्योगको उत्पादन र बिक्री मिल्दै मिल्दैन’ स्रोतले भन्यो, ‘उद्योगको उत्पादन सय छ तर बिक्रीभनेआधा पनि देखिँदैन ।’

अढाई दशकदेखि सञ्चालन हुँदै आएको यो उद्योगले नक्कली बिलमार्फत करोडौं राजश्व ठगी गरेको आशंका विभागको छ । राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उद्योगले उत्पादन गरेको वस्तुको स्टक र कागजपत्र नमिलाई ठूलो परिणाममा राजश्व ठगी गरेको आशंकामा छापा मारेर कागज पत्र लिइएको हो । टोलीले उद्योगका म्यानेजर गिरधारी अग्रवालको घरमा पनि छापा मारेर कागज पत्र लिएको छ ।

उद्योगका म्यानेजर अग्रवालले उद्योगका प्राय नक्कली बिल, स्टीमेड बिल र रेकर्ड आफनो घरमै राख्दै आएका थिए । टोलीले अग्रवालको घरबाट तीन बोरा त्यस्ता काजगपत्र जफत गरेको छ । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागको इटहरी शाखाले छापा मार्न अटेर गरेपछि काठमाडौंको टोली आएर छापा मारेको हो । इटहरी राजश्व इकाई प्रमुख वेद फुँयालले केन्द्रको टोलीले छापा मारेर कागज पत्र उतै लगेको स्वीकारे ।

उद्योगी राठीले विभागको टोलीले उद्योगको स्टक रजिष्टर र कागजपत्र लगेको स्वीकारेका छन् । ‘अलिअलि फल्ट थियो होला, त्यस्तो सबैकोमा हुन्छ नै,’ राठीले भने, ‘त्यसैका अधारमा विभागले छापा मारेर कागजपत्र लगेको हो ।’

उनले म्यानेजर अग्रवालको घरमा पनि उद्योगको कागज पत्र रहने गरेको र अग्रवालले उद्योगका अधिकांश काम घरबाटै गर्ने गरेको पनि स्वीकारे ।

प्रकाशित : फाल्गुन ३, २०७६ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×