कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रज्ञामा गजल मेला

काठमाडौँ — पाँच दशकभन्दा लामो इतिहास छ, राष्ट्रिय कविता महोत्सवको । अहिले पनि हरेक वर्ष प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव गर्दै आएको छ । बुधबार भने पहिलोपटक स्रष्टाहरूले प्रतिष्ठानको प्रेक्षालयमा गजलै गजल सुनाए । प्रज्ञाले गरेको पहिलो राष्ट्रिय गजल महोत्सवमा देशभरका स्रष्टाले गजल सुनाएका हुन् । 

राष्ट्रिय युवा परिषद्को सहकार्यमा आयोजित दुईदिने महोत्सवमा मुलुकभरिका गजलकारहरूले राजनीतिक बेथिति, मानवीय दु:ख, प्रेमदेखि सीमा अतिक्रमण र राष्ट्रियतासम्मको विषयलाई गजलमार्फत नै चिरफार गर्ने जमर्को गरे । गजल वाचनका लागि ७ प्रदेशबाट ३५ र राजधानीबाट झन्डै दुई दर्जनभन्दा बढी गजलकार छानिएका थिए ।


प्रदेशबाट सुरेश सुवेदी, लोकेन्द्र बञ्जारा, मधुराज केरुङ, घनश्याम पथिक, सञ्जय शाह, नीला घिमिरे, शिव सन्देश, विविश पौडेल, मीना देवकोटा, अनिता न्यौपाने, विनोद अनुज, वरुण लामिछाने, पुरु लम्साल, बगेकी गंगा, सायर, अञ्जु स्मारिका, छविलाल कोपिला, पुष्प आचार्य, पार्वती भट्टलगायतले सिर्जना सुनाउँदा राजधानीबाट असीम सागर, जय पौडेल, केशव भट्टराई, सुमन स्मारिकालगायतले माहोल तताए ।


गजलकार बूँद राणा, शीतल कादम्बिनी, धीरेन्द्र प्रेमर्षिलगायत झन्डै एक दर्जनभन्दा बढीको गजल पनि उत्तिकै ओजपूर्ण थियो । महोत्सवमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति बैरागी काइँला, उपकुलपति जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), अग्रज गजलकार ज्ञानुवाकर पौडेललगायतले गजल महोत्सवबारे प्रस्ट्याए । कुलपति उप्रेतीले साहित्यमा युवालाई उत्प्रेरित गर्न महोत्वसले सघाउने दाबी गरे । उनले ‘राष्ट्रिय तहमा यो नै पहिलो गजल मेला भए पनि प्रतिष्ठानले यसअघि पनि प्राथमिकता राख्दै आएको दाबी गरे ।


प्रकाशित : माघ १६, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?