विष्टको जन्मोत्सवमा अनुवाद पुस्तक सार्वजनिक

काठमाडौँ — मानवशास्त्री डाेरबहादुर विष्टकाे ९३ औं जन्मोत्सवकाे उपलक्ष्यमा पारेर पुस्तक सार्वजनिक गरिएकाे छ । त्रिभुवन विश्वविद्यालयकाे मानवशास्त्र विभाग र कर्णाली इन्स्टिच्युटको आयोजनामा विष्टको परिवारले किताबा प्रकाशन गरेको हो ।

विष्टको जन्मोत्सवमा अनुवाद पुस्तक सार्वजनिक

विष्टको सन् १९९१ मा प्रकाशित ‘फ्याटलिज्म एन्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल्स फर मोर्डनाइजेसन’ किताबको नेपाली अुनवाद ‘भाग्यवाद र विकास आधुनिकीकरण हेतु नेपालको जमर्को’ शनिबार सार्वजनिक गरिएको हो । यस पुस्तक वसन्त थापाले अनुवाद गरेका हुन् ।

‘सन् १९९१ मा पहिलोपटक यस पुस्तक प्रकाशित भएको यस पुस्तक निकै वर्षपछि अनुवाद गर्न सकियो तर त्यसबेलाको बहस र अहिलेको बहस उस्तै छ । केही परिवर्तन भएको छैन । त्यसैले यस पुस्तक आजपनि उत्तिकै सार्न्दभीक छ,’ थापाले भने ।

कार्यक्रममा अनुवादक थापा, मानवशास्त्री बिहारी कृष्ण श्रेष्ठ र जगमान गुरुङले विष्टको जीवन र उनको कामको बारेका स्मरण सुनाएका थिए ।

डोरबहादुरको पुस्तकले ईश्वर वा भाग्यमा भर पर्ने चलनले नेपाली समाज विकास हुन सकेन भन्ने तर्कलाई समाजशास्त्रीय अवधारणामार्फत् यस पुस्तकमा प्रस्तुत गरेका थिए ।

कर्णाली इन्स्टिच्युट डोरबहादुरले जुम्लाको चौधबीसामा २०४८ सालमा खडा गरेका थिए । यसै इन्स्टिच्युटको मार्फत् उनले चौधबीसाको खस बस्तीका बारेमा प्राज्ञिक अध्ययन र अनुसन्धान गरेका थिए । उनले त्यस भेगमा अध्ययनमात्र नगरेर समाज विज्ञानका सिद्धान्तहरुलाई लागू गर्नपनि खोजेका थिए । २०५२ सालको अन्त्यतिर उनी चौधबीसा हुँदै नेपालगन्जबाट कता हराए अहिलेसम्म थाहा छैन ।


राणाशासनपछिको पुस्ताका मानवशास्त्री विष्टलाई ‘फादर अफ नेप्लीज एन्थ्रोपोलोजी’ पनि मानिन्छ । सन् १९७८ मा उनलाई त्रिभुवन विश्वविद्यालयमा एन्थ्रोपोलजीका प्रोफेसर बनाइयो । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र मानवशास्त्र विभागको सुरुवात गर्न पनि उनले महत्वपूर्ण भूमिका खेले ।

उनले पिपुल अफ नेपाल (सन् १९६७)मा नेपाली भूभागमा बसोबास गर्दै आएका जातिहरुको मानवशास्त्रीय अध्ययन र लेखन गरेका थिए । उनको ‘सोताला’ उपन्यास र कथाहरु पनि प्रकाशित छन् ।

प्रकाशित : माघ ४, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?