कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुइतलाई घिमिरे स्मृति

रामेछाप — वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत जगदीश घिमिरे स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । स्वर्गीय जगदीश घिमिरेको जन्मथलो रामेछापको मन्थलीमा सोमबार आयोजित एक कार्यक्रममा डा. रुइतलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

रुइतलाई घिमिरे स्मृति

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सम्मान पत्रसहित ५१ हजार रुपैयाँ राशिको पुरस्कार रुइतलाई हस्तान्तरण गरेका हुन् । जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार ग्रहण गर्दै रुइतले स्वर्गीय घिमिरेको अगुवाइमा तिलगंगा आँखा केन्द्रले फड्को मारेको स्मरण गरे । समाज सेवा, साहित्य र अन्य समसामयिक विषयमा स्वर्गीय घिमिरेको योजनाको रुइतले प्रशंसा गरे ।


स्वर्गीय घिमिरे तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक अध्यक्ष थिए ।



प्रकाशित : पुस २९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?