कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

इतिहासका विद्रोह

काठमाडौँ — लेखक तथा पत्रकार राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, लेखकी आमा चन्द्रमाया लिम्बूलगायतले राजधानीमा पुस्तक सार्वजनिक गरेका हुन् ।

इतिहासका विद्रोह

पुस्तकमा लिम्बू विद्रोह (१८४८), तामाङ विद्रोह (१८५०), माझकिरात विद्रोह (१८६४), भोटे विद्रोह (१९०७), मगर विद्रोह (१९३३), गुरुङ विद्रोह (१९३३) र आठपहरिया राई विद्रोह (१९३३) प्रमाणसहित चर्चा गरिएको छ । इतिहासविद् दिनेशराज पन्तले पुस्तकभित्र समयको कालखण्डमा राज्यसत्ताविरुद्ध उठेका विद्रोह र त्यसबाट घटेका घटनालाई यथार्थ ढंगले विश्लेषण हुन सकेको बताए । ‘तर कुनै पनि कालखण्डमा घटेको घटना अर्थात् लखन थापा नै पहिलो सहिद हो भनेर दाबी गर्नुचाहिँ अन्याय हुनेछ,’ उनले भने, ‘यथार्थलाई स्वार्थअनुकूल गर्नु इतिहास बंग्याउनु मात्र हो । लेखक दिक्पालले प्रमाण पुर्‍याएर इतिहास पुस्तक बाहिर ल्याएका छन् ।’


बैरागी काइँलाले जित्नेको मात्र इतिहास लेखिने परम्परा भए पनि अब हार्नेहरूको पनि इतिहास लेखिन थालेको बताए । ‘नेपालको सन्दर्भमा आदिवासी जनजातिले आफ्नो इतिहास आफैंले लेख्ने क्रम बढेको छ,’ आवेगमा इतिहास लेखन हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘इतिहास खोज, अध्ययन, अनुसन्धान कार्य आवेगमा हुन सक्दैन, निरन्तर गर्दै जाँदा मात्र विश्वासयोग्य बन्न सक्छ ।’

प्रकाशित : पुस १५, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?