दुई स्रष्टा पुरस्कृत 

जनकपुर — मैथिली भाषा, साहित्य, कला, संस्कृतिसँगै खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको रामानन्द युवा क्लबको ३४औं वार्षिकोत्सवको अवसरमा शनिबार दुई स्रष्टालाई पुरस्कृत गरिएको छ ।

दुई स्रष्टा पुरस्कृत 

मैथिली केन्द्रिय शिक्षण विभागका पूर्व अध्यक्ष परमेश्वर कापडीलाई विद्यापति स्मृति सम्मान र गायक आभाष लाभलाई सरस्वती राजनारायण पुरस्कार प्रदान गरिएको हो । वार्षिकोत्सवको अवसरमा क्लबले प्रत्येक वर्ष प्रदान गर्ने विद्यापति स्मृति सम्मानको राशि १५ हजार र सरस्वती राजनारायण प्रतिष्ठानले प्रदान गर्ने सरस्वती राजनारायण पुरस्कार २५ हजार राशिको छ ।


प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले दुवै जनालाई पुरस्कृत गरे मन्त्री सोनलले विभिन्न आन्दोलनमार्फत प्राप्त भएको राजनीतिक अधिकारलाई संस्थागत गर्न युवा क्लबहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले युवा संघ संस्थाहरुलाई प्रदेशको थिंक ट्यांकको रुपमा काम गर्न आग्रह गरे ।

प्रकाशित : पुस ५, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?