साहित्य महोत्सवमा योगेश भट्टराई, शृंखला खतिवडादेखि विनोद चौधरीसम्म

पोखरा — लेकसाइडमा जारी नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार योगेश भट्टराई, शृंखला खतिवडादेखि विनोद चौधरीसम्म उपस्थित भए ।

साहित्य महोत्सवमा योगेश भट्टराई, शृंखला खतिवडादेखि विनोद चौधरीसम्म

पहिलो सत्र अबको नेतृत्व कस्तो ? थियो । यो सत्रमा नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, कांग्रेस नेता एवं सांसद गगन थापा, साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उमेश चौहानबीच छलफल चल्यो । यो सत्रमा नेपालमा आगामी नेतृत्व कस्तो हुनुपर्ने विषयमा नेताहरुबीच बहस भयो ।

महोत्सवको अर्को सत्र पावरिङ सस्टेनेब्ली थियो । यसमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र प्रियन्था विजयातुंगा र रुपक डी शर्मा गफिए । उनीहरुले दक्षिण एसियाली मुलुकमा ऊर्जाको अवस्थाबारे मात्र चर्चा गरेनन्, सँगै नेपालमा यसको सम्भावना र वस्तुस्थितिबारे पनि चर्चा गरे । त्यस्तै अर्को सत्र नेपाली समाजको वर्गविन्यास थियो । यो सत्रमा विश्लेषक आहुतिले प्रवचन दिए । यसमा नेपालमा भइरहेको वर्गविन्यासको अवस्थाबारे उनले विषद् व्याख्या विश्लेषण गरे । साथै यसका सकारात्मक एवम् नकारात्मक प्रभावबारे पनि उनले टिप्पणी गरे । हामीले बाँच्न चाहेको नेपाल शीर्षकको सत्र महोत्सवको आकर्षणका रुपमा रहृयो । यसमा सहभागी थिए, शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना र गनेस पौडेलले छलफल गरे । छलफलमा उनीहरुले नयाँ पुस्ताले कस्तो नेपालको अपेक्षा गरेको छ भन्ने विषयमा आआफ्ना धारणा राखे ।

महोत्सवको अन्तिम सेसन थियो, नेपाली बजारको विश्वव्यापीकरण । यो सेसनमा उद्योगी एवम् अर्बपति विनोद चौधरीलाई संवादमा ल्याए, प्रतीक प्रधानले । यो सेसनमा चौधरीले नेपाली ब्रान्ड/बजारलाई विश्वव्यापीकरण गर्दाको अप्ठ्यारा अवस्थाबारे चर्चा गरे ।

प्रकाशित : मंसिर २९, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?