सम्मानको रकम क्यान्सरपीडितलाई

काठमाडौँ — यस वर्षको बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कारबाट पाँचथरका प्रा.डा. नोवलकिशोर राई सम्मानित भएका छन् । पुरस्कार रकममा २४ हजार थप गरी राईले इलाम बिब्लाटेकी क्यान्सरपीडित ज्योति राईलाई ७५ हजार रुपैयाँ सहयोग गरे । 

सम्मानको रकम क्यान्सरपीडितलाई

बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कारबाट भोजपुरकी संगीतकर्मी लीला राई ३५ हजार रुपैयाँसहित सम्मानित भइन् । बुङ्वाखा–रत्नमाया चेन्चेक्वा पुरस्कारबाट पत्रकार रिता राराहाङ राई र बुङवाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कारबाट भक्तबहादुर रुछेन्बुङ राई सम्मानित भए । रितालाई ६ हजार र भक्तलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो ।


यसैगरी, कार्यक्रममा बान्तावा कविता प्रतियोगितामा भोजपुर, आमचोकका इमानसिंह राईको ‘आन खिम टेन’ अर्थात् ‘हाम्रो गाउँघर’ शीर्षक कविता पहिलो भयो । कवितामा आधुनिकताले गर्दा हराउँदै गएको बान्तावा राई समुदायको संस्कृति, परम्परा र गाउँघरको मौलिकताबारे उल्लेख गरिएको छ ।


भोजपुरकै प्रजितकला राईको कविता ‘बुङ्वा लाम’ अर्थात् ‘फुलको बाटो’ दोस्रो र त्रिलोक त्रिवेणी राईको ‘अङ्का छुन्ङ्गा’ अर्थात् ‘म मान्दिनँ’ शीर्षकको कविता तेस्रो भएको थियो । पहिलो, दोस्रो र तेस्रो हुने कविताले क्रमश: १५ हजार, १० हजार र ५ हजार रुपैयाँको बुङ्वाखा—श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार प्राप्त गरे ।


प्रकाशित : मंसिर २७, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?