कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जोशीलाई पृथ्वी प्रज्ञा

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई यो वर्षको प्रज्ञा पुरस्कार प्रदान गर्‍यो । राष्ट्रपति भवनमा सोमबार आयोजित कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी ‘पृथ्वी प्रज्ञा–पुरस्कार’बाट सम्मानित भए । राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मानपत्र र चार लाख रुपैयाँ हस्तान्तरण गरिन् ।

जोशीलाई पृथ्वी प्रज्ञा

सात दशकदेखि नेपाली संस्कृति, पुरातत्त्व, कला र साहित्यमा योगदान दिएबापत जोशी पुरस्कृत भएका हुन् । यो पुरस्कार हरेक चार वर्षमा दिइँदै आएको छ ।


त्यस्तै प्रत्येक दुई वर्षमा प्रदान गरिने प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा त्रिरत्न मानन्धरलाई, प्रज्ञा नेपाली भाषा पुरस्कार प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरियो । हरेक वर्ष प्रदान गरिने प्रज्ञा नेपाली साहित्य पुरस्कारबाट मदन रेग्मी र भागिरथी श्रेष्ठ पुरस्कृत भए भने पहाडी तथा हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ अमर तुम्याहाङ र अमृत योञ्जन तामाङ सम्मानित भए । तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ अयोध्यानाथ चौधरी र अशोक थारू सम्मानित भए । पुरस्कारमा जनही एक–एक लाख रुपैयाँ रहेको छ ।


त्यस्तै ‘राष्ट्रिय कविता महोत्सव–२०७६’ मा प्रथम हुने धादिङका हेम प्रभासलाई ३५ हजार रुपैयाँ, दोस्रो हुने डोटीका सुभाषचन्द्र भण्डारीलाई २५ हजार रुपैयाँ, तेस्रा हुने लमजुङका प्रज्ज्वल अधिकारी, सोलखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेत गफाडीलाई जनही २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।




प्रकाशित : मंसिर २५, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?