२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कान्तिपुरकर्मी यज्ञश पुरस्कृत

नवलपरासी — कान्तिपुरकर्मी यज्ञशलाई यस वर्षको तीर्थ भुसाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

कान्तिपुरकर्मी यज्ञश पुरस्कृत

स्वर्गीय पत्रकार तीर्थ भुसाल स्मृति ट्रस्टले गैरआख्यान, साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कार प्रदान गरेको हो । कावासोतीमा सोमबार आयोजित कार्यक्रममा यज्ञशलाई ताम्रपत्र र नगद राशिले सम्मान गरियो । पत्रकारिता र लेखनमार्फत समाजको बेग्लै चित्र उजागर गरेकाले पुरस्कृत गरिएको ट्रस्टका अध्यक्ष झपेन्द्रेश्वर भुसालले बताए ।


यज्ञशले कृति ‘भुइयाँ’का लागि पहिचान पुरस्कार २०७४ र आँबुखैरेनी वाङ्मय पुरस्कार पाएका छन् । उनले भारतीय लेखक उदय प्रकाशका कृति मोहनदास (उपन्यास) र नेलकटर (कथासंग्रह) अनुवादसमेत गरेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएमका संस्थापक प्रबन्ध निर्देशक तीर्थराज भुसालको स्मृतिमा साहित्य र पत्रकारितामा कलम चलाउने व्यक्तिलाई प्रत्येक वर्ष पुरस्कार दिँदै आएको छ ।


प्रकाशित : मंसिर २४, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?