कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बान्तावा कविता प्रतियोगितामा ‘आन खिम टेन’ उत्कृष्ट

काठमाडौँ — १५ औं बान्तावा कविता प्रतियोगितामा भोजपुर आमचोकका इमानसिंह राईको ‘आन खिम टेन’ अर्थात ‘हाम्रो गाउँघर’ कविता पहिलो भएको छ ।

बान्तावा कविता प्रतियोगितामा ‘आन खिम टेन’ उत्कृष्ट

कवितामा आधुनिकताले गर्दा हराउदै गएको बान्तावा राई समुदायको संस्कृति, परम्परासँग जोडिएको गाउँघरको मौलिकताबारे उठान गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त प्रतियोगितामा भोजपुरकै रामप्रसादराई गाउँपालिकाकी प्रजितकला राई दोस्रो र त्रिलोक त्रिवेणी राई तेस्रो भए ।

प्रजितकलाको ‘बुङ्वा लाम’ अर्थात् ‘फुलको बाटो’ शीर्षकको कवितामा बान्तावा राई समुदायका महिलाको समवेदना समेटिएको छ भने त्रिलोकको ‘अंका छुन्ङ्गा’ अर्थात् ‘म मान्दिँन’ शिर्षकको कवितामा समाजमा कमजोरमाथि गरिने विभेदलाई चिर्दै विकास निर्माणमा हुने अनियमितता र अत्याचार बारे बोल्नुपर्छ भन्ने भाव व्यक्त भएको छ ।

राई बान्तावा भाषाको मासिक पत्रिका ‘बुङवाखा’ को १५ औँ वार्षिकोत्वसको अवसरमा आयोजित प्रतियोगितामा ३५ जनाले सहभागिता जनाएका थिए ।

त्यसमध्ये उत्कृष्ट १५ कवितालाई प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक एवम् ‘बुङ्वाखा’का सम्पादक पदम राईले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रोलाई मंगलबार क्रमशः १५ हजार, १० हजार र ५ हजार राशीको ‘बुङ्वाखा—श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

प्रकाशित : मंसिर २३, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?