पूर्वप्रधानन्यायाधीश कार्कीको ‘कारा’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ यसै साताबाट बजारमा आएको छ । किताब पब्लिसर्सले बजारमा ल्याएको उपन्यासमा कार्कीले लोकतान्त्रिक आन्दोलनका क्रममा आफू जेल बस्दा र ३० बर्षे वकालत पेशामा रहदा आफुले सुनेका कैदी र तीनका आफन्तका कथालाई समेटेकी छन् । 

ZenTravel

काराबारे उपन्यासकार कार्की भन्छिन, ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ ।’निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने उपन्यासमा जेलभित्रका बेग्लै निरकुंशताका कथा पनि समेटिएका छन् ।

Meroghar

बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरुले भोगेको लामो ताडना र यातनाको गाथा ‘कारा’ उपन्यास हो । ‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनें । देखें । त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले बताइन ।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाहरुका पिडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ । अघिल्लो बर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिहरुमध्येमा पर्दछ ।
‘कारा’ बजारमा ल्याएको किताब पब्लिसर्सले उपन्यासमार्फत् कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएको बताएको छ ‘हामीले यो उपन्यासमार्फत् सुशीला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं । यसले पाठकहरुलाई फरक स्वाद दिने हाम्रो अपेक्षा छ,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताइन ।

प्रकाशित : मंसिर २३, २०७६ १५:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

महिला फुटबल टिमका दुई खेलाडीले लिए संन्यास

कान्तिपुर संवाददाता

पोखरा — नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । सोमबार भारतसँगको खेलमा पराजित भएपछि उनीहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । 

कप्तान थापा फर्वाड हुन् भने लिम्बू डिफेन्डर हुन् ।

यस्तै,भारतसँगको पराजयसँग टिम प्रशिक्षक हरि खड्काले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका छन् ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : मंसिर २३, २०७६ १५:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×