कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सङ्ग्रौलाको जीवनी आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक/साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनी ‘सन्नाटाको एउटा स्वर’ चैत १५ गतेबाट बजारमा आउने भएको छ । यसको प्रकाशक बुकहिल पब्लिकेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । 

‘नेपाली साहित्य लेखन र अनुवादमा पाठकीय गहिरो प्रभाव पारेका उनी समकालीन सत्ता र शासनमा इतर विचार राख्दै आइरहेका सामाजिक बौद्धिक चिन्तकका रूपमा समेत परिचित छन्,’ प्रकाशन संस्थाले जारी गरेको विज्ञप्तिमा भनेको छ । यो पुस्तक पत्रकार उज्ज्वल प्रसाईले लेखेका हुन् ।


प्रकाशित : मंसिर २२, २०७६ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

८ सय मिटर फ्रि–स्टाइल रिलेमा नेपाललाई कास्य

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं साग अन्तर्गत आइतबार भएको महिला ८ सय मिटर फ्रि–स्टाइल रिले पौडी खेलमा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको छ । उक्त खेलमा भारतीय टोलीले स्वर्ण पदक जितेको छ ।

नेपाली टिममा अनुशिया तण्डुकार, तिसा शाक्य, डुवाना लामा र गौरिका सिंह सहभागी थिए ।

प्रकाशित : मंसिर २२, २०७६ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×