राष्ट्रकविलाई रिया सम्मान

काठमाडौँ — राष्ट्रकवि माधव प्रसाद घिमिरे रिया साहित्य स्रष्टा सम्मानबाट सम्मानित भएका छन् । कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजले ११० औं लक्ष्मी जयन्तीको अवसरमा उनलाई सम्मान गरेको हो ।

राष्ट्रकविलाई रिया सम्मान

उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरिएको रिया साहित्य समाजका दामोदर भट्टराईले बताए । २०६९ सालमा सुरु गरिएको यो सम्मान यसअघि डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी, प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. महादेव अवस्थी, प्रा.डा. वासुदेव त्रिपाठी र डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।


लक्ष्मी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता र कवि गोष्ठी पनि सञ्चालन गरिएको थियो ।

प्रकाशित : मंसिर १५, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?