कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘बसाइँ’ लेखकका नाममा पुस्तकालय

खोटाङ — पूर्वी पहाडको सामाजिक जीवन र गरिबी झल्कने आधा शताब्दी अघिको उपन्यास ‘बसाइँ’का लेखक लीलबहादुर क्षेत्रीको नाममा जिल्लाको एउटा सरकारी विद्यालयमा पुस्तकालय स्थापना भएको छ ।

‘बसाइँ’ लेखकका नाममा पुस्तकालय

पुस्तकालय खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयमा स्थापना गरिएको वडाका वडाध्यक्ष रमेश राउतले जानकारी दिए । पुस्तकालय उद्घाटन नगरपाकिलाका मेयर इवन राइले गरेका थिए । नेपाली भाषा–साहित्यका क्षेत्रमा पुर्‍याएको अनवरत योगदानका लागि ३ वर्षअघि प्रतिष्ठित जगदम्बाश्री पुरस्कार पाएका लिलबहादुर क्षेत्रीले आफ्नो पुरस्कार रकमको आधा अर्थात १ लाख रुपैयाँ उक्त पुस्तकालय स्थापनाका लागि प्रदान गरेका थिए ।


पुस्तकालयमा रिड नेपाल, रुम टु रिड, रत्न पुस्तक भण्डार लगायतका संस्थाबाट उपलब्ध २५ सयभन्दा बढी पाठ्यक्रमका र साहित्यिक कृतिहरु राखिएको छ । वडाध्यक्ष राउतका अनुसार, साहित्यकार लीलबहादुरले दिएको रकमबाट उक्त विद्यालयमा अक्षयकोषसमेत स्थापना गरिएको छ ।


‘एउटा साहित्यिक साधकका नाममा पुस्तकालय स्थापना गरेर अरु लेखक/स्रष्टालाई समेत उत्प्रेरित गर्न सकिन्छ भनेर हामीले यो अभियान अघि बढाएका हौं,’ वडाध्यक्ष राउतले भने ।


२०१९ सालमा स्थापित पिपलडााडा देवीस्थान माबिमा ४ सय बिद्यार्थी अध्यनरत छन् । साहित्यकार क्षेत्रीका ‘बसाई’ सहित ब्रम्हपूत्रका छेउछाउ, अतृप्त लगायतका कृति प्रकाशित छन् । ८५ वर्षिय साहित्यकार क्षेत्री भारतको आसाम, गुवाहटी निवासी हुन् ।


प्रकाशित : मंसिर १०, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?