कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

माणिकरत्नलाई भैरव अर्याल स्मृति

हेटौंडा — हास्यव्यंग्यकार भैरव अर्याल स्मृति सम्मान पुरस्कार लेखक एवं हास्यव्यंग्यकार माणिकरत्न शाक्यलाई प्रदान गरिएको छ  । सिस्नुपानी नेपाल मकवानपुर र साहित्य संगम मकवानपुरद्वारा स्थापना गरिएको पुरस्कारबाट काठमाडौं निवासी शाक्यलाई सम्मान गरिएको हो  ।

माणिकरत्नलाई भैरव अर्याल स्मृति

पुरस्कार राशि २१ हजार एक रुपैयाँ छ । भैरव अर्यालको अर्धकदको सालिक रहेको पुष्पलाल पार्कमा शनिबार आयोजित कार्यक्रमका साहित्यकार गोविन्दराज विनोदीले शाक्यलाई पुरस्कार प्रदान गरे ।

यसअघि हास्यव्यंग्यकार मनोज गजुरेल, धुर्मुस–सुन्तली फाउन्डेसन, हास्यव्यंग्यकार राजकुमार लामिछानेलगायतलाई यो पुरस्कार प्रदान गरिसकेको छ । कार्यक्रममा हास्यव्यंग्यकार आरसी रिजाल र राजकुमार लामिछानेले प्रहसन प्रस्तुत गरेका थिए । केही साहित्यकर्मीहरूले व्यंग्य कवितासमेत वाचन गरे ।

प्रकाशित : मंसिर ९, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?