२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

घिमिरे र भण्डारीलाई दधिराज

कान्तिपुर संवाददाता

विराटनगर — दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले कवि विष्णुविभु घिमिरे र पत्रकार मोहन भण्डारीलाई पुरस्कृत गर्ने भएको छ । ५१ हजार रुपैयाँको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०७६ चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि घिमिरेलाई पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले बताए । 

यसैगरी २५ हजार रुपैयाँको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका भण्डारीलाई प्रदान गर्ने निर्णय गरिएको उनले जनाए ।



प्रकाशित : कार्तिक १९, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?