प्रतीकको भाषाकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक प्रतीक ङेसुर तामाङले भाषा र लिपिसम्बन्धी कृति लेखेका छन् । सोमबार राजधानीमा पूर्वमन्त्री शेरबहादुर तामाङले ‘तामाङ भाषा र लिपि’ पुस्तक लोकार्पण गरे । ‘तामाङ भाषा लेख्य स्वरूप छैन, बोलेको भरमा मात्र पुस्तान्तरण हुँदै आएको छ,’ उनले भने, ‘पछिल्लो पिँढीले मातृभाषा बोल्न सिकेका छैनन् । यस्तो अवस्थामा प्रतीकको कृतिले महत्त्वपूर्ण अर्थ राख्छ ।’ 

तामयिग लिपि कि सम्भोटा भन्नेबारे तामाङ समुदायमा विवाद रहेको औंल्याउँदै व्यापक छलफलसहित सहमति जुटाउनुपर्छ भन्ने निष्कर्षमा आफूले पुस्तक तयार पारेको लेखक तामाङले जनाए । पुस्तकमा तामाङ भाषा, लिपिको अवधारणा र विकास, अुछेन लिपि, थोन्मी सम्भोटाको परिचय, लेख्य परम्परा, तामयिगको अवधारणा, तिब्बती भाषामा प्रयोग भएका जान्नुपर्ने केही व्याकरणलगायतका सन्दर्भहरू छन् । पुस्तकमाथि नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, अन्वेषक एवं संस्कृतिविद् रवीन्द्र ग्याबक तामाङलगायतले चर्चा गरे ।


प्रकाशित : कार्तिक १९, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?