आठ स्रष्टाको सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसंग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडेल, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङलगायतले कृति सार्वजनिक गरेका हुन् । 

जापानमा कार्यरत गजलकार रवीन्द्र दिखुक्पाद्वारा सम्पादित कृतिमा अशोक थुलुङ राई, असीम विश्वकर्मा, अरुण बान्तावा राई, दीप मुस्कान (जेबी राई), धनु विष्ट, रविन दावा राई, रवीन्द्र दिखुक्पा र सुगम साकुराका बीस–बीस वटा गजल संग्रृहीत छन् । रावासावा प्राज्ञिक समाज र सावा कला साहित्य मञ्चद्वारा आयोजित कार्यक्रममा प्राज्ञ पौडेलले मुलुकभित्र र प्रवासमा रहेका गजलकारको संयुक्त संग्रहमा विषयगत विविधता पाइने बताए । गजलकार रावलले समीक्षात्मक टिप्पणी गर्दै गजलकारबाट परिष्कारको अपेक्षा गरे ।


प्रकाशित : कार्तिक ७, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?