कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जुम्लाका स्रष्टालाई योगेश्वर र ग्रेगोरी

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको योगेश्वर वाङ्मय पुरस्कारबाट जुम्लाका स्रष्टा पुरीचन्द्र देवकोटा पुस्कृत हुने भएका छन् । पुरस्कार २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । जाजरकोटका स्रष्टा एवं समाजसेवी योगेश्वर कार्कीको स्मृतिमा छोरा राजेश्वरले यो पुरस्कार स्थापना गरेका हुन् ।

जुम्लाका स्रष्टालाई योगेश्वर र ग्रेगोरी

मोफसलमा रहेर पनि नेपाली भाषा र साहित्यमा योगदान पुर्‍याएबापत् देवकोटा पुरस्कृत हुन लागेको योगेश्वर स्मृति प्रतिष्ठानले जनाएको छ ।


त्यस्तै, नेपाली कलासंस्कृतिप्रेमी प्राडा. ग्रेगरी जी मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार’ बाट यस वर्ष जुम्लाकै कलासंस्कृतिका साधक स्रष्टा खडानन्द चौलागाईं पुरस्कृत हुने भएका छन् । पुरस्कारमा २० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । दुवै पुरस्कार पुरस्कार भने नेपाली कलासाहित्यडटकम प्रतिष्ठानमार्फत् दिइँदै आएको छ ।


दुवै पुरस्कार मोफसलका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले बताइन् । ‘मेरो राष्ट्र मेरो ध्येय’ सन्देशका साथ प्रतिष्ठान र खस साहित्य समाजले यही कात्तिक २ गतेदेखि जुम्लामा गर्न लागेको ‘प्रकृति सिर्जना उत्सव’ मा पुरस्कार वितरण गरिने पनि उनले बताइन् ।


यसअघि योगेश्वर वाङ्मय पुरस्कारबाट डा. कृष्णराज डीसी, अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलीप शाह, कृष्णराज ओलिया र पद्मराज जोशीलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कारबाट शेरबहादुर अधिकारी र पूर्ण समीर महतारा सम्मानित भइसकेका छन् ।





प्रकाशित : कार्तिक १, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?