चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन :  अनुवाद साहित्यलाई प्राथमिकता

कान्तिपुर संवाददाता

काठमाडौँ — घोषणापत्र सुनाउँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चीन तथा दक्षिण एसियाली स्रष्टाहरूबीच विभिन्न साहित्य भेला र जमघटलाई बढावा दिइने, आगामी सम्मेलनमा तथा सभामा युगल सिर्जनात्मक कार्य प्रस्तुितलाई जोड दिइने, क्षेत्रीय स्तरमा सिर्जनात्मक लेखन, अनुवाद, भाषा सिकाइजस्ता कार्यशाला गरिने, आगामी २ वर्षमा अर्को साहित्य सम्मेलन गरिनेजस्ता ६ बुँदे निचोड प्रस्तुत गरे ।

घोषणापत्र जारी गर्नुअघि स्रष्टाहरूले एसियाली साहित्य तथा संस्कृतिमाथि विविध छलफल तथा बहस गरेका थिए ।


सम्मेलनले एसियाली मुलुकहरूबीच आपसी विचार, भावना र अनुभवको साटासाट भई एक–अर्काका साहित्यलाई नजिकबाट नियाल्ने अवसर मिलेको उप्रेतीले दाबी गरे । कार्यक्रममा पर्यटन बोर्डका प्रवन्धक सुनील शर्माले पर्यटन वर्षलाई नै लक्षित गर्दै नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदा तथा भौगोलिक अवस्थालाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै पाकिस्तानका लेखक महम्मद हसन हसरतले पाकिस्तानको बल्टी साहित्य र संस्कृतिलाई समेटेर ‘कल्चरल हेरिटेज इन ट्रान्स हिमालयन जोन विथ रिफ्रेन्स टु बल्टी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रकाशित : कार्तिक १, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?