कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाली स्रष्टा राजधानीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्केलगत्तै एक हुल चिनियाँ साहित्यकार भने राजधानी काठमाडौं आइपुगेको छ । उनीहरूसँगै भारत, पाकिस्तान, बंलादेश, श्रीलंका र माल्दिभ्सबाट आएका स्रष्टाले मंगलबारदेखि चिनियाँ र दक्षिण एसियाली साहित्यका अनेक पाटो र सांस्कृतिक सम्बन्धमाथि बहस गर्नेछन्, नेपाली पर्यटकीय थलो घुम्नेछन् र विभिन्न नेपाली समुदायका सांस्कृतिक प्रस्तुति अवलोकन गर्नेछन् ।

दुई वर्षअघि चीनको छेन्दुमा सम्पन्न ‘चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ को दोस्रो संस्करण यसपटक काठमाडौंमा हुन लागेको छ । आयोजक बनेको छ– नेपाल प्रज्ञा प्रतिष्ठान ।


प्रतिष्ठानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाहुना स्रष्टाहरू आइसकेको जनायो । ‘सम्मेलनमा विभिन्न १६ जना विद्वान्ले विभिन्न विषयमा गोष्ठीपत्र प्रस्तुत गरिनेछ,’ प्रतिष्ठानका सदस्यसचिव जगत्प्रसाद उपाध्यायले भने, ‘चिनियाँसँगै दक्षिण एसिया साहित्यका अवस्थितिदेखि भावी सहकार्यसम्मको बहसले हाम्रो लागि उपलब्धिमूलक बन्न सक्छ ।’ मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा साँझ भने सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने उनले जनाए । बुधबार भने चन्द्रागिरिमा नेपाल पर्यटन बोर्डका तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयमा प्रस्तुति रहनेछ ।


स्रष्टालाई पोखराको प्राकृतिक दृश्यावलोकन भ्रमणका साथै काठमाडौंका विभिन्न ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक स्थलहरूको अवलोकन र अध्ययन भ्रमण गराइनेसमेत उनले जनाए ।


प्रकाशित : आश्विन २८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?