डाजाङमा गायक बम्जन

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्य नेपालको महाभारत पर्वतमा प्रचलित लोक लय टिपेर गीत गाउँदै र लेख्दै आएका छन् फूलकुमार बम्जन । थुप्रै गीति सिर्जना धनी यी गायकले हालै सेलो आधारित ‘जन्मदिनको गीत’ पनि सार्वजनिक गरेका थिए । उनै बम्जन साहित्यिक संस्था तामाङ डाजाङको अध्यक्ष चुनिएका छन् ।

डाजाङमा गायक बम्जन

डाजाङको १० औं अधिवेशनले बम्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा साहित्यकार मणिकलाल घिसिङ, सचिवमा रंगकर्मी निकिता लामा, सहसचिवमा साम्देन दोङ र कोषाध्यक्षमा फूलमाया लामा ‘प्रयत्ना’ निर्विरोध भएका छन् ।


सदस्यमा कवि ईश्वर थोकर, कविराज काल्तान, हीरामाया घिसिङ, दाम्जेदोर्जे मोक्तान, शान्ति लामा, वाङ्छु पासाङ तामाङ, तेज योञ्जन, स्वयम्बरसिंह लामा, रचना मोक्तान, हीरामाया घिसिङ ‘कुसुम’ र मानकाजी तामाङ चयन भएका छन् ।


डाजाङले तामाङ साहित्य लेखन, पत्रिका तथा साहित्यिक पुस्तक प्रकाशन तथा नियमित साहित्यिक शृंखला चलाउँदै आएको छ ।


प्रकाशित : आश्विन १५, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?