कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लम्सालको ‘हजुरआमाका कथा’

काठमाडौँ — लामो समयदेखि लेखनमा सक्रिय अमृता लम्सालको कथासंग्रह ‘हजुरआमाका कथा’ शनिबार सार्वजनिक भएको छ । ९६ वर्षे हजुरआमा कृष्णकुमारी घिमिरेको जन्मदिनको अवसर पारेर उनले पुस्तक ल्याएकी हुन् । कथासंग्रहमा वरिष्ठ संगीतकार शान्ति ठटाल, इन्द्रमाया पौडेल, तुला राणालगायत २३ जना हजुरआमाका अनुभव र सुम्निमा राई जस्ता नातिनी पुस्ताका भोगाइ समेटिएका छन् ।

लोकार्पणकै क्रममा लम्सालले कथाहरू संग्रह गर्दै जाँदा विभिन्न हजुरआमासँग साटेको अनुभव सुनाइन् । ‘यो पुस्तक नयाँ पुस्तालाई पुराना संस्कृति, इतिहास थाहा पाउन उपयोगी हुने छ,’ उनले भनिन् । डम्बर चेम्जोङले हजुरआमाका कथाले नारी चेत, लैंगिक समानतालगायत विषय उठान गरेको बताए ।


प्रकाशित : आश्विन ५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?