कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सत्यमोहनलाई पृथ्वी प्रज्ञा

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानले चार–चार वर्षमा प्रदान गरिँदै आएको ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ यसपटक वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई दिने भएको छ । चार लाख रुपैयाँ रहेको पुस्तकार मंगलबार राजधानीमा सम्पन्न ३४ औं प्राज्ञसभामा घोषणा गरिएको हो । 

सत्यमोहनलाई पृथ्वी प्रज्ञा

यसैगरी, प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । दुई–दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धरलाई, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार प्र्रा.डा. टंकप्रसाद न्यौपानेलाई, प्रत्येक एक–एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार मदन रेग्मी र भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यस्तै पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ अमर तुम्याहाङ र अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ अयोध्यानाथ चौधरी र अशोक थारूलाई दिइने भएको छ । यी पुरस्कारमा जनही १/१ लाख रहेको छ ।


प्रतिष्ठानले अन्य तीन पुरस्कारसमेत स्थापना गर्ने सभाले निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी ‘नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’, नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ स्थापना गरेको हो । यी पुरस्कारमा पनि जनही १/१ लाख रुपैयाँ रहने कुलपति गंगाप्रसाद उप्रेतीले जनाए । यसैगरी अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको ‘नेपाल प्रज्ञालङ्कार पुरस्कार’ समेत स्थापना गरिएको छ ।


राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न प्राज्ञसभाको उद्घाट संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गरेका थिए । उनले भाषा, साहित्य र संस्कृतिसित मुलुकको पहिचान जोडिने भएकोले सरकार यी क्षेत्रको प्रवर्द्धनमा सदैव कटिबद्ध रहेको बताए ।


प्रकाशित : आश्विन १, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?