वानिराको सम्मानमा फाउन्डेशन

काठमाडौँ — नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो नारी स्रष्टा वानिरा गिरीको सम्मानमा फाउन्डेशन स्थापना गरिएको छ । भारत दार्जिलिङ, खर्साङमा जन्मेर नेपाललाई कर्मथलो बनाएकी ७३ वर्षीया गिरी अल्जाइमरको समस्या खेपिरहेकी छन् ।

वानिराको सम्मानमा फाउन्डेशन

‘नेपाली साहित्यका विश्वनारी रत्न’ उपाधिसमेत पाएकी उनको नाममा शुभचिन्तक स्रष्टाहरूले फाउन्डेसन बनाएका हुन् ।


शंकर गिरीको अध्यक्ष रहेको फाउन्डेशनको उपाध्यक्षमा इन्दिरा प्रसार्इं, सदस्यसचिवमा नरेन्द्रराज प्रसाईं, कोषाध्यक्षमा सुबोध गिरी, सदस्यहरूमा पुष्कर गिरी, बाबुराम गिरी, भगवती बस्नेत छन् । फाउन्डेसनका लागि अध्यक्ष शंकर गिरी र पत्नी वानिरा गिरीले आफ्नो चलअचलसमेत गरी ५ करोड रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?