१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दर्शन पाठशालामा ‘जुरेली दर्शन’

रुपन्देही — प्रगतिशील लेखक संघ बुटवलले नियमित सञ्चालन गर्दै आएको ‘दर्शन पाठशाला’ को पाँचौं शृंखलामा अनील पौडेल लिखित ‘जुरेली दर्शन’ कृतिमाथि परिचर्चा गरिएको छ  ।

दर्शन पाठशालामा ‘जुरेली दर्शन’

दर्शनसम्बन्धी बहस र विश्लेषण गर्ने उदेश्यसहित सुरु भएको पाठशालामा यसपटक संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘जुरेली दर्शन’ छानिएको हो  ।

पौडेलले कृतिले अँगालेको जुरेली दर्शनबारे प्रकाश पारे । लोभ र मोहबाट माथि उठेर आफ्नो कर्ममा निरन्तर जुटिरहने जुरेली चरीको मेहनतलाई आधार बनाइएको सकारात्मक सोच नै जुरेली दर्शनको मर्म रहेको उनले बताए । ‘सत्यमोहन जोशीको जीवन यही सकारात्मक दर्शनबाट प्रभावित छ,’ उनले भने ।

प्रकाशित : भाद्र ३०, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?