कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘जात खोज्दा देश भुल्यौं’

बुटवल — मधेस खोज्दा देश बिर्सियौं,
जातीयता खोज्दा राष्ट्रियता बिर्सियौं,
राजनीतिले तोडेको मन साहित्यले जोड्नुपर्छ
बन्जरले चिर्ने होइन, सियोले सिउनुपर्छ ।

‘जात खोज्दा देश भुल्यौं’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुटवलमा यो कविता वाचन गरिरहँदा धेरै बेरसम्म ताली बजिरह्यो । मदन भण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश ५ ले गरेको ‘समृद्ध नेपाल निर्माणमा कला साहित्यको भूमिका’ विषयक कार्यक्रममा नेता ज्ञवाली होइन, साहित्यकार ‘शीत बिन्दु’ का रूपमा उनी उभिएका थिए । सुन्ने पनि साहित्यकार थिए । ‘साहित्यले विचार दिन्छ, त्यही विचारले राजनीति चल्छ,’ उनले भने, ‘राजनीतिलाई सही बाटामा हिँडाउन र समृृद्ध बनाउन पनि कला साहित्य आवश्यक छ ।’

समृद्ध नेपाल निर्माणका लागि निराशाको सट्टा आशा र भरोसा जगाउने साहित्य रचना गर्न उनले आग्रह गरे । ‘स्रष्टा निन्दक होइन, आलोचक हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि नराम्रो कामको खबरदारी गरौं । समाज सुधार र विचार प्रेरक रचना नागरिकबीच पुर्‍याऔं ।’ मन्त्री ज्ञवालीले पछिल्लो समय व्यक्तिले पहिचानको लडाइँ लड्दा राष्ट्र र राष्ट्रियताको पहिचान कमजोर भएको बताए ।

राष्ट्रियता कमजोर हुन नदिन जातीयता र क्षेत्रीयताभन्दा माथि उठेर राष्ट्रवादको सन्देश नागरिकको घरघरमा पुर्‍याउन उनले आग्रह गरे । ‘त्यो कला साहित्यबाट मात्रै सम्भव छ,’ उनले भने, ‘राजनीतिक विचार र नेताको भाषणभन्दा साहित्यको प्रभाव लाखौं गुणा छिटो र धेरैमा पर्छ ।’ नेता सूर्य थापाले राजनीतिक विचारलाई स्थापित गर्न साहित्यले जोड्नुपर्ने बताए ।

साहित्यकार कपिलदेव लामिछाने, मदन भण्डारी स्पोटर््स एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले पनि साहित्य र समाजको सम्बन्ध प्रकाश पारे । प्रतिष्ठानले प्रदेश ५ स्तरीय निबन्ध प्रतियोगिता पनि गरेको थियो । त्यसमा पुरुषोत्तम पाण्डे प्रथम, सावित्री गिरी द्वितीय र माधव पौडेल तृतीय भए । उनीहरूलाई ३० हजार, २० हजार र १० हजार रुपैयाँबाट पुरस्कृत गरियो ।

प्रकाशित : भाद्र ३०, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?