१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रसिकको साहित्यिक पेरुङ्गो

काठमाडौँ — धेरैजसोले गायक/संगीतकारका रुपमा चिन्ने गणेश रसिकको कवि, उपन्यासकार, कथाकार र संस्मरण लेखकको चिनारी एकमुष्ट रुपमा पाउने भएका छन् । यी विधाका ५ वटा पुस्तकको ‘पेरुङ्गो संस्करण’ शुक्रबारबाट बजारमा आएको छ ।

रसिकको साहित्यिक पेरुङ्गो

रसिकको पेरुङ्गो संस्करणमा ‘ताराभन्दा सपना धेरै’(गीत/कविता), छपक्कै मनमा बसेकाहरु(व्यक्ति स्मृति), मुनिया र उसको छोरो(कथा), दशगजामा उभिएर(निबन्ध) र आकाशगंगाको ओतमुनि (उपन्यास) को संग्रह गरिएको छ । ‘रसिकको पुराना कुरा स्मरण गर्ने क्षमता र कसैलाई चित्त नदुःखाइ मीठो बान्कीमा लेख्ने शैलीको म प्रशंसक हुा,’शिक्षाविद् केदारभक्त माथेमाले रसिक–पेरुङ्गो विमोचन गर्दै भने—‘अहिले प्रकाशनमा आएको ‘छपक्कै मनमा बसेकाहरु’ भित्रका व्यक्तिहरुको स्मृति अझ तिख्खर रुपमा आएको छ ।’


समीक्षक डा.गीता त्रिपाठीले रसिकको स्मरण लेखन शैलीमा ‘करुणा र संवेदनाको मिश्रण रहेको’ बताउादै संवेदनशील हृदय र स्मृतिलाईसमेत हल्लाउने गरी लेखाइ बाहिर आएको बताइन् । पुस्तकमा तिथि मिति र केही नामहरुमा त्रुटी रहेको औंल्याउदै उनले कृतिगत सम्पादनमा केही हतारो गरिएको मुल्यांकन सुनाइन् ।


अर्की टिप्पणीकार प्रनिका कोयुले गायक रसिकको इतिहासमा जोडिएका केही लोकप्रिय राष्ट्रिय गीत र रचनालाई अहिलेको साहित्यिक संग्रहमा नसमेटिएकोमा ‘यसरी इतिहासलाई पन्छाउन नमिल्ने’ बताएकी थिइन् । ‘कतिले रसिकलाई राजावादी भने होलान्, कतिले नेपाली संगीतको इतिहासै नामेट हुने गरी लेकाली युगको कुरा सम्पादन गर्न चाहे होलान्,’कोयुले भनिन्—‘तर, भएरहेको इतिहास सम्पादन गर्दैमा यथार्थबाट उम्कन सकिन्न, रसिकको पेरुङ्गोमा त्यो इतिहासलाई सम्पादन गरिएको छ ।’ सांग्रिला प्रकाशनले निकाले ५ कृतिको पेरुङ्गो संग्रहबारे रसिकका समकालिन लेकाली–गायक हिरण्य भोजपुरेले ‘यसरी संग्रहणीय रुपमा एउटा लेखकका सबै कृतिहरु एकैचोटी प्रकाशनमा आउनु अनुपम र अनुकरणीय काम भएको’ भन्दै सहृाअना गरेका थिए ।


५ पुस्तकको बिमोचन शिक्षाबिद् माथेमा, नृत्यकर्मी भैरवबहादुर थापा, गायिका उर्मिला भोजपुरे, गायक रामेश र लेखक रसिकले गरेका थिए ।

प्रकाशित : भाद्र २८, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?