२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सम्झनामा बालचन्द्र

काठमाडौँ — तत्कालीन राजा महेन्द्र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा बालचन्द्र शर्मा उपकुलपति थिए । आजको प्रज्ञा प्रतिष्ठान उनकै योगदानको निरन्तरता मानिन्छ । पछि उनी मन्त्री र राजदूत पनि बने ।

सम्झनामा बालचन्द्र

उनै प्रसिद्ध इतिहासकार एवं साहित्यकार शर्माको राजधानीमा शुक्रबार शतवार्षिकी समारोह मनाइयो । बालचन्द्र स्मृति सभाद्वारा आयोजित समारोहमा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘आफ्नो संस्थापक उपकुलपतिलाई प्रज्ञा प्रतिष्ठानले बिर्सेकामा दुःख’ व्यक्त गरे ।


त्रिपाठीका अनुसार शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परामर्शमा राजा महेन्द्रबाट विसं २०१४ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना भएको थियो । त्यसयता नेपाली भाषा, साहित्य र संस्कृति अन्वेषण र प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको छ । ‘यो सभा आज प्रज्ञा भवनमा हुनुपर्थ्यो,’ उनले भने, ‘किनभने बालचन्द्र प्रज्ञा प्रतिष्ठानकै इतिहास हो ।’


शर्माकी जेठी छोरी कल्पना घिमिरेले पनि आफ्ना बुबाले मुलुकको भाषा, साहित्य, इतिहास र संस्कृतिका लागि योगदान दिएको भए पनि परिवारका तर्फबाट सम्झिनुपर्ने अवस्था आएको प्रति गुनासो गरिन् । ‘अग्रजलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्तालाई सकारात्मक पाठ सिकाउँछ,’ उनले भनिन्, ‘कम्तीमा सरकारले सम्झना मात्रै गरेको भए पनि हुन्थ्यो ।’


शर्माको योगदानबारे पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, बालचन्द्र स्मृतिसभाका सदस्यसचिव प्रा.प्रयागराज वाशिष्ठ, शर्माकी छोरी एवं स्मृतिसभाकी कोषाध्यक्ष कल्पना घिमिरे, अरविन्द रिमाललगायतले प्रकाश पारेका थिए ।


शर्माका इतिहास, साहित्य र राजनीति विषयमा १६ वटा पुस्तक प्रकाशित छन् । उनी टंकप्रसाद आचार्यको प्रधानमन्त्रीकालमा शिक्षामन्त्रीसमेत थिए । पछि रूस र फ्रान्सका लागि नेपाली राजदूत पनि बने ।

प्रकाशित : भाद्र २३, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?